Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो


दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको ज्यान गएको छ ।

गोली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको हिजो बेलुका ज्यान गएको हो ।

आफैँले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode