Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै


सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको नीति तथा का्रम प्रस्तुत गर्नुहुनेछ ।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा पर्सि आइतवारदेखि लगातार केही दिन छलफल हुनेछ । यो छलफल सकिएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुनेछ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode