Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

मनकारी वडा सदस्य शेट्टिको परोपकारी काम : ज्येष्ठ नागरिकलाई लौरी बितरण


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका वडा सदस्य पूर्ण बहादुर शेट्टि परोपकारी काम गरेर चर्चामा आएका छन् ।

वडा सदस्य शेट्टिले आफ्नो वडाका १ सय ८५ जना ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लौरी बितरण गरेसँगै उनको यो कार्यको चर्चा चुलिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा रहेको बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वडाका १ सय ८५ जना ज्येष्ठ नागरिक तथा अशक्त नागरिकहरूलाई शेट्टिले आफैले तयार गरेका लौरी बितरण गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्न बैँक आएका ज्येष्ठ तथा अशक्त नागरिकहरू लौरीको सहायताले हिँड्दै गरेको भए पनि उनीहरूको हातमा गतिलो लौरी नदेखेपछि उनीहरूको सहाराका लागी गतिलो लौरी दिनुपर्छ भन्ने भावना मनमा जागृत भएको वडा सदस्य शेट्टिले बताएका छन् ।

१५ दिन लगाएर स्थानीय घँगारु लगायतका बलिया लौरी तयार गरि ज्येष्ठ नागरिकलाई बितरण गरेको उनको भनाई छ । १५ दिन खर्चेर तयार पारिएका लौरीहरूलाई रंगरोगन तथा काटछाट गर्न छोरी जानकी र श्रीमती खीन्तुदेवीले सहयोग गरेकी थिइन् ।

वडा सदस्य शेट्टिले निःशुल्क रुपमा लौरी दिएपछि खुसी भएका ज्येष्ठ नागरिकले उनलाई आशीर्वाद सहित धन्यवाद दिएका छन् ।

वडा सदस्य शेट्टिले यस अघि पनि थुप्रै परोपकारी काम गरेका छन् । उनले व्यक्तिगत लगानीमा यस अघि बेल्पाटामा चौतारो निर्माण गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!