Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा रुखको टुप्पामा झुण्डीयको अवस्थामा शव फेला, नेपाली सेनाले निकाल्यो शव


अछामका एक ३० बर्षिय पुरुषको शव फेला परेको छ । जिल्लाको कमलबजार नगरपालिका वडा न ४ का भिम बहादुर ढोलिको शव २७ फिट अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

अर्धनग्न अवस्थामा झुण्डिएको अवस्थामा रहेको शव निकाल्न प्रहरिबाट असम्भव भएपछि गोरखनाथ गण मंगलसैनका सैनिक जवान द्धारा उक्त शव निकालिएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतकले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कमलबजारका ईनिस्पेक्टर भाष्कर चन्दले बताए ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode