Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका एक युवक भारतमा सम्पर्क विहीन


अछाम । अछामका एक युवक भारतमा सम्पर्क विहीन भएका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का हाल रोजगारीको सिलसिलामा भारतको हैदरावादमा पाँच महिना देखि काम गर्दै आएका ३१ वर्षीय कलम बहादुर धामी १४र१५ दिन देखि आफन्तको सम्पर्कमा आएका छैनन् ।

कोठा बाट काममा जान्छु भनी हिँडेका धामी १५ दिन भइसक्दा समेत सम्पर्कमा नआएपछि आफन्तले खोजी कार्य जारी राखेका छन् ।

भारतको हैदरावाद र आसपासको क्षेत्रमा भेटाउने व्यक्तिले टंक धामीको सम्पर्क नम्बर ९१५७५२७८५२ र दान बहादुर चलाउनेको सम्पर्क नम्बर ७३८६८११०८३ मा सम्पर्क गरिदिन अपिल गरिएको छ ।

३१ वर्षीय धामी सम्पर्कमा नआएपछि घरपरिवार चिन्तित बनेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode