Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दैलेखमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गयो


दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ ।

नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन् । अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् ।

आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए । बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन् । गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode