Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जंगलमा लागेको आगो निभाउन जाँदा ४ जनाको जलेर मृत्यु


जंगलमा लागेको आगो निभाउन गएका एकै ठाउँका चारजनाको आगोले जलेर मृत्यु भएपछि अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको जोइथुम तिरतिरेको सिंगो गाउँ नै शोमा डुबेको छ ।

मंगलबार आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे गाउँवासी शोकमा डुबेका हुन् ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका(२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारैजनाको मृत्यु भएको हो ।

वडा नं २ वडाध्यक्ष बुद्धिबहादुर थापाले पालिकाले आगो निभाउन गएको समयमा एक्कासी हावा लागेपछि जताततै फैलिएर यस्तो घटना भएको बताउँदै गाउँमा घटेको अप्रत्यासित घटनाले स्तब्ध बनाएको बताए ।

बुधबार पालिकास्तरको निर्णयबाट मृतकको परिवारलाई राहतस्वरुप ५० हजारका दरले राहत उपलब्ध गराइएको र अन्य राहतका लागि स्रोत व्यवस्थापन गर्ने तयारी भएको उनको भनाइ छ ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा उपचारको लागि लैजादै गर्दा केहीको बाटोमा र केहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।

आगलागीमा परि घाइते भएका भुमिकास्थान –२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले बताए ।

आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी मिना अर्याललगायतको टिमले जानकारी लिनुका साथै राहतसमेत प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्लास्तरीय सुरक्षा प्रमुखहरुको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुको कारणबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई दिइने राहका विषयमा तत्काल निर्णय गर्ने अर्यालले बताइन् । मंगलबार नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीयबासी र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घरहरू जोगिएका थिए । नेपाल प्रेस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode