Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्वास्थ्य

बान्नीगढी गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणाका लागी तयारी तीव्र


बान्नीगढी जयगढ गाउँपालिकालाई निकट भविष्यमै पोषणमैत्री पालिका घोषणा गर्न आवश्यक तयारी अगाडी बढाइएको छ ।

जस अन्तर्गत पालिकाका २ वटा वडालाई असार मसान्त अगावै पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रममा तीव्रता दिइएको छ ।

वडा नम्बर १ गाँज्रा र वडा नम्बर ४ तिमिल्सैनलाई यसै असार मसान्तसम्म पोषणमैत्री वडाका रुपमा घोषणा गर्ने तयारी अगाडी बढाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रावलले बताएका छन् । गाँज्रा र तिमिल्सैनलाई पोषणमैत्री वडा घोषणाका लागी भइरहेका प्रयासबारे बुधवार एक कार्यक्रमका बिच सरोकारवालालाई जानकारी गराइएको छ ।

बहु क्षेत्रीय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकमा पालिकामा बहु क्षेत्रीय पोषण योजनाको अवस्था र संचालन भइरहेका गतिविधिबारे जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले पोषणमैत्री पालिका घोषणाका लागी आवश्यक गतिविधि संचालन तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोषणमैत्री वडा घोषणाका लागी बिभिन्न सूचकहरू पुरा गर्न संचालन गरिने गतिविधि निष्पक्ष रुपमा संचालन गर्न उनले सवैमा आग्रह गरेका छन् ।

बाईट : टेक बहादुर साउँद

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,वडा अध्यक्ष ,कार्यपालिका सदस्य,प्रमुख प्रशासकीय अधिकृत ,शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बैठकमा बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकाका बिभिन्न शाखाहरू मार्फत संचालन भइरहेका गतिविधिबारे शाखा प्रमुखहरूले जानकारी गराएका थिए । भने कार्यक्रमको संचालन पोषण सहजकर्ता सिर्जना खड्काले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode