मेल्लेख गाउँपालिका
जनता नमुना माविमा पशु विज्ञान विषय अध्यापन सुरु (कुराकानी सहित)

जिल्लाको मेल्लेख गाउँपालिकामा रहेको जनता नमुना माविमा चालू शैक्षिक सत्रबाट प्राविधिक धारतर्फ पशु विज्ञान विषयको पढाइ सुरु हुने भएको छ ।
नेपाल सरकारको पूर्ण अनुदानमा पशु विज्ञान अध्यापन सुरु हुने भएको हो । कक्षा ९ देखी कक्षा १२ स ्यवसायीक पशुपालन, विस्तार र व्यवस्थापनबारे पढाइ हुने छ ।
पशु विज्ञान अध्यापनका लागी विद्यार्थीको भर्ना प्रक्रिया र आवासीय व्यवस्थापनका लागी आवश्यक कार्य अगाडी बढाइएको बताईएको छ ।
यसै बिच मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउदले प्राविधिक धारतर्फको पशु विज्ञान अध्यापनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुलाई फाइदा पुग्ने अपेक्षा गरेका छन् ।
आफ्नै गाउँमा पशु वज्ञन जस्तो व्यवहारिक विषय पढाइका लागी अभिभावकलाई आर्थिक भार नपर्ने उनको भनाई छ । अध्यक्ष साउँदले पशु विज्ञान अध्यापनले मेल्लेख क्षेत्रका विद्यार्थीले मात्र नभई अन्य क्षेत्रका विद्यार्थीले पनि लाभ लिने दाबी गरेका छन् ।
यसै विषयमा आज हामीले मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउदसँग कुराकानी गरेका छौँ ।
सुनौँ यो कुराकानी :

भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, शिक्षा, सुदूरपश्चिम
प्रतिक्रिया