Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाम प्रहरीद्वारा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रममा जोड (कुराकानी सहित)


अछाम प्रहरीद्वारा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रममा जोड (कुराकानी सहित)

अछाममा प्रहरीले लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रममा जोड दिएको छ ।

दिनानुदिन बढ्दै गएको लागु औषध दुर्व्यसनी समस्या समाधानका लागि सचेतना कार्यक्रममा जोड दिएको हो । जस अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा सचेतनामूलक काररम संचालन भइरहेका छन् ।

जिल्लाका व्यापारिक क्षेत्रहरुमा लागु औषध दुर्व्यसनमा फस्ने युवाहरुको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न कार्यक्रम संचालनमा जोड दिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

हिजो मात्रै सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ४ बोगटीगाँउमा रहेको राधाकृष्ण माद्यामिक विद्यालयमा अध्ययनरत छात्रा छा्ररक उपस्थितिमा लागु औषध दुर्व्यसनीबारे जनचेतना मूलक कार्यक्रम गरिएका थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर कैलाश सिंह विष्टका अनुसार लागु औषध दुर्व्यसनीबारे जनचेतना मूलक कार्यक्रम जिल्लाका अन्य पालिकाहरूमा पनि संचालन गरिने छ ।

समाजमा लागु औषध सेवनका कारण हुने विभिन्न आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम संचालनम जोड दिईएको िष्टको भनाई छ ।

लागु–औषधको सेवन नगरी आफू बचौँ,अरूलाई पनि बचाऔँ भने नाराका साथ सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाम र मातहतका प्रहरी चौकीको आयोजनामा बिभिन्न पालिकाकामा विद्यालयमा अध्ययनरत छात्रा–छात्रहरूको उपस्थितिमा जनचेतना मूलक कार्यक्रम संचालन गरिने छ ।

यसै बिच आज हामीले अछामका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर कैलाश सिंह िष्टसँग कराान गरेका छौँ ।

कुराकानी :


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode