Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम प्रहरीद्वारा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रममा जोड (कुराकानी सहित)


अछाममा प्रहरीले लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रममा जोड दिएको छ ।

दिनानुदिन बढ्दै गएको लागु औषध दुर्व्यसनी समस्या समाधानका लागि सचेतना कार्यक्रममा जोड दिएको हो । जस अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम संचालन भइरहेका छन् ।

जिल्लाका व्यापारिक क्षेत्रहरुमा लागु औषध दुर्व्यसनमा फस्ने युवाहरुको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न कार्यक्रम संचालनमा जोड दिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

हिजो मात्रै सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ४ बोगटीगाँउमा रहेको राधाकृष्ण माद्यामिक विद्यालयमा अध्ययनरत छात्रा छात्रहरूको उपस्थितिमा लागु औषध दुर्व्यसनीबारे जनचेतना मूलक कार्यक्रम गरिएका थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर कैलाश सिंह विष्टका अनुसार लागु औषध दुर्व्यसनीबारे जनचेतना मूलक कार्यक्रम जिल्लाका अन्य पालिकाहरूमा पनि संचालन गरिने छ ।

समाजमा लागु औषध सेवनका कारण हुने विभिन्न आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम संचालनमा जोड दिईएको विष्टको भनाई छ ।

लागु–औषधको सेवन नगरी आफू बचौँ,अरूलाई पनि बचाऔँ भने नाराका साथ सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाम र मातहतका प्रहरी चौकीको आयोजनामा बिभिन्न पालिकाकामा विद्यालयमा अध्ययनरत छात्रा–छात्रहरूको उपस्थितिमा जनचेतना मूलक कार्यक्रम संचालन गरिने छ ।

यसै बिच आज हामीले अछामका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर कैलाश सिंह विष्टसँग कुराकानी गरेका छौँ ।

कुराकानी :


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode