Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

स्वास्थ्य

स्वास्थ्य कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी बान्नीगढीमा सम्पन्न


बान्नीगढी जयगढ गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७९।८० को गाउँपालिका स्तरीय स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी गाउँपालिकामा सम्पन्न भएको हो ।

सोमवारदेखी गाउँपालिकाको सभा हलमा सुरु संचालन भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको अवस्था र चुनौतीका बिषयमा छलफल गरिएको छ भने आगामी आर्थिक वर्षका लागी योजना तर्जुमा समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले गाउँपालिकाका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

बिभिन्न स्रोत साधनको अभावका कारण नीति अनुसार स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको बताउँदै उनले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका लागी आवश्यक बजेट विनियोजनका लागी पहल गर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको वार्षिक बजेटको तयारी हुँदै गर्दा स्वास्थ्य क्षेत्रका लागी आवश्यक बजेटका बिषयमा छलफल गरि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिका अध्यक्ष साउँदले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाईट : टेक बहादुर साउँद

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागी स्वास्थ्यकर्मीसंगै जनप्रतिनिधि जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।

पालिकाका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागी प्रतिबद्ध भएर लागी पर्न कर्मचारीलाई आग्रह गर्दै उनले यसका लागी पालिकाका तर्फबाट आवश्यक जिम्मेवारी पुरा गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेकी छन् ।

बाईट : बिन्दु रावल

समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा पालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीबाट प्रदान गरिएका स्वास्थ्य सेवा,खोप सेवा,गर्भवती सेवा,गर्भपतन सेवा,प्रयोगशाला सेवा,बहिरंग सेवा,पोषण कार्यक्रमको उपलब्धि चुनौती र आगामी दिनमा संचालन गर्नुपर्ने गतिविधिका बिषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

पालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य प्रशासकीय अधिकृत लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख बसन्त रावल र भुवन साउँदले गरेका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode