Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सरकारले नागरिकलाई उपचार दिन सकेको छैन तर भ्यु टावर बनाइरहेको छ : सीके राउत


जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा चन्द्रकान्त राउतले सरकारले आउँदो वर्षको बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सांसद राउतले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको आरोप लगाउनुभयो ।

सांसद राउतले सरकारले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीका कर्मचारी तलब नपाएर रोइरहेको अवस्था छ । यता सरकार एअर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण लिएर भए पनि बनाउने तयारीमा छ ।

हामीले दशकौँदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौँ । विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडक भनेको बुझियो जसले अहिले हाम्रो हविगत यो भयो । सरकारको आउँदो बजेट मानव केन्द्रित होस् ।’

राउतले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन नसकेको तर ठूला भ्यु टावर बनाउँदै गइरहेको बताउनुभयो । उहाँले सडकमा प्रतिघण्टा एक सय वटा गाडी नगुड्ने सडकलाई चार लेन बनाउने भन्दै सरकार लहैलहैमा लागेको आरोप लगाउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode