ग्यास सिलिण्डर बोकेको ट्रक भासुमा दुर्घटना

कैलालीको भासु भिरमा ट्रक खसेको छ। आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो।
जिल्लाको चुरे गाउँपालिका–५ खानीडाँडास्थित भासु भिरमा ७र८ सय मिटर तल ट्रक खसको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको आइसर कम्पनीको ट्रक दुर्घटनामा परेको हो।
गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खाली सिलिन्डरमा पूर्ण क्षति भएको बताइएको छ। विष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक हुन्। सो कषेत्रमा प्रहरी परिचालन भएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया