Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अपेक्षाकृत रुपमा न्यायिक समितिप्रतिको आकर्षण बढ्न सकेको छैन : उपाध्यक्ष बुढा (कुराकानी सहित)


रामारोशन गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सृजना बुढाले अपेक्षीत रुपमा न्यायीक समितिमा गुनासो तथा उजुरी आउन नसेको बताएकी छन् ।

उनले जनताहरूले मुद्धाहरुको छिटोछरितो छिनोफानो खोज्ने भएकाले न्यायिक समितिमा अपेक्षा अनुसार मुद्धाहरु नआउने गरेको बताएकी हुन् ।

मिलापत्रका माध्यमबाट विवाद निरुपणका लागी न्यायीक समिति तल्लिन रहे पनि अपेक्षा अनुसार उजुरी तथा गुनासो आउन नसेकेको उनले उल्लेख गरेकी छन् ।

हालसम्मको अवधिमा ११ वटा गुनासो आए पनि ३ वटा मात्रै दर्ता भएको उनको भनाई छ ।

न्यायीक समितिमा गुनासो आएकोमा ३ वटा उजुरी प्रकृयागत रुपमा दर्ता भएको र अन्य गुनासोहरु सम्झाई बुझाइ पठाईएको न्यायीक समितिमा संयोजक बुढाले जानकारी दिएकी छन् ।

उनका अनुसार सेवाग्राहीले छिटो छरितो रुपमा न्याय खोज्ने तर न्यायीक समितिले मिलापत्रका आधारमा छिनोफानो गर्ने भएका कारण उनीहरुले न्यायका लागी अन्य बाटो बढि रोज्ने गरेका छन् ।

यसै बिच आज हामीले रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा सँग कुराकानी गरेका छौँ ।

कुराकानी : सिर्जना बुढा


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode