Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

खेलकुद

गाउँपालिका अध्यक्ष कपको उपाधी बान्नीगढीलाई : महेशलाई सर्वोत्कृष्ट खेलाडीको उपाधि


मेल्लेख गाउँपालिकामा संचालित गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि बान्नीगढी जयगढ गाउँपालिकाले हात पारेको छ ।

मेल्लेख गाउँपालिकालाई पराजित गर्दै बान्नीगढी जयगढ गाउँपालिकाले गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि हात पारेको हो ।

प्रतियोगीताको फाइनल खेलमा बान्नीगढीले सोझो सेटमा मेल्लेख गाउँपालिकालाई पराजित गरेको थियो ।

उपाधि हात पारेसंगै प्रथम भएको बान्नीगढी जयगढ गाउँपालिकाले नगद रु २ लाख ५१ हजार १ सय एघार सहित मेडल ,ट्रफि र प्रमाण पत्र हात पारेको छ ।

मेल्लेख गाउँपालिकाको आयोजनामा ऋषि दहमा शुक्रवारदेखी सुरु भएको भलिबल प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा द्धितिय स्थान ओगट्न सफल मेल्लेख गाउँपालिकाले १ लाख २५ हजार १ सय ११ ,तृतीय साँफेबगर नगरपालिका ६५ हजार १ सय एघार र शान्तवना स्थान ओगट्न सफल रामारोशन गाउँपालिकाले २१ हजार नगद सहित मेडल ट्रफि र प्रमाण पत्र हात पारेका छन् ।

प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीको रुपमा बान्नीगढीका महेश टमट्टा,सर्भरमा ईश्वर लुहार,उत्कृष्ट ब्लकर सुनिल ठकुल्ला र उत्कृष्ट स्पाईकार मेल्लेख सुमित खड्का,उत्कृष्ट क्विकर हिमाल शाह पुरस्कृत भएका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode