Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

गौरवका आयोजनाको काम ५५ प्रतिशत बढी सम्पन्न भएको छ : अध्यक्ष साउँद (कुराकानी सहित)


रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँदले गाउँपालिकाका गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

गाउँपालिकामा संचालित बिभिन्न गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उनले बताएका हुन् ।

अध्यक्ष साउँदका अनुसार यस आर्थिक वर्षमा गाउँपालिका मातहतमा विभिन्न ४ आयोजनालाई गौरवका आयोजनाका रुपमा हेरिएको छ ।

जस अन्तर्गत गाउँपालिकाको केन्द्र देखी सान्तडा ,कालापालि हुँदै मध्यपहाडि लोक मार्गसम्म जोड्ने सडक,मुजावगर देखी ठाटीखाँद जोडने सडकको स्तरोन्नति, पालिकालाई आरुदखडा पकेट क्षेत्र निमार्ण , पालिकाको वडा न . ५ वाट कालिकोट जोडने सडक निर्माण आयोजना रहेका छन् ।

गौरवका आयोजना निर्माणको कार्य करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष साउँदको दाबी छ ।

जनताका आवश्यकता अनुसार यीँ आयोजनालाई प्राथमिकतामा राख्दै गौरव आयोजनाका रुपमा राखिएको बताईएको छ । संचालित गौरवका आयोजनाहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्न अनुगमन तथा निगरानी गर्ने कार्यमा जोड दिइएको अध्यक्ष साउँदले बताएका छन् ।

उनले पर्यटकीय क्षेत्र रामारोशनमा पर्यटकका लागि गोरेटो बाटो निमार्ण र तालको संरक्षणका लागि कार्य भइरहेको बताएका छन् । तर गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई गौरव आयोजनाको रुपमा भने नराखेको पाइएको छ । रामारोशन क्षेत्रका लागी माथिल्लो निकायबाट बजेटको पर्खाइका पालिका रहेको पाइएको हो ।

अहिले ताल संरक्षणका लागि केन्द्र सरकारको १५ लाख लागतमा बाटुल्ला ताल संरक्षणको काम भईरहेको छ ।

यसै बिच आज हामीले रामारोशन गाउँपालिकाका यस आर्थिक वर्षका गौरवका आयोजना कार्यान्वयनको अवस्थाका बिषयमा गाउँपालिका अध्यक्ष मान बहादुर साउँद सँग कुराकानी गरेका छौँ ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode