Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जुम्ल्याहा बालकको पोखरीमा डुबेर   मृत्यु


जनकपुरधाम । जनकपुरधाम पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(२४ बसहियाका अलिहसन अन्सारीका जुम्ल्याहा छोरा ९ वर्षीय अल्कामा अन्सारी र अब्दुल अन्सारीको मृत्यु भएको हो ।

जनकपुरधामस्थित बसहियामा रहेको गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा शनिबार साँझ दुवै बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

दुवै बालकलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode