Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सिम्रिक एअरको हेलिकप्टर दुर्घटना १ जनाको ज्यान गयो


सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो । हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उहाँले बताउनुभयो ।

आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला–४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आउनुभएको थियो ।

दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode