Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल बिनायक नगरपालिका

युवायुवतीलाई स्वरोजगार बनाउन बिनायकमा सावुन र सरफ उत्पादन तालिम सम्पन्न (कुराकानी सहित)


 जिल्लाको पञ्चदेवल विनायक नगरपालिका सञ्चालन भएको ५ दिने सरफ तथा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिका नागरिकहरूलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ तालिम संचालन गरिएको हो ।

तालिममा १८ वर्ष देखि ४० वर्ष उमेर समूह २० जना महिला र १ जना पुरुष गरि २१ जनाको सहभागिता रहेको लघु उद्यम विकास सहजकर्ता राम बहादुर धामीले बताए । पाँच दिनसम्म सञ्चालन भएको तालिमले आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसै बिच पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले सिप सिकेका व्यक्तिले परनिर्भर हुन नपर्ने बताएकी छन् । सरफ तथा साबुन बनाउने तालिमका सहभागीहरूलाई सिकेको सिपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न उनले आग्रह गरेकी छन् ।

स्थानीय कच्चापदार्थ तिते पाती, घ्यू कुमारी,गुराँस र गुलाफबाट कम श्रममा बढी उत्पादन गर्न सकिने भएकाले व्यवसायीक रुपमा लाग्नुपर्नेमा उनले जोड दिएकी छन् ।

नगर प्रमुख चलाउनेले साबुन तथा सरफ उत्पादन कार्यलाई दीर्घकालीन व्यवस्थापन र उत्पादित बस्तुको उचित बजारीकरणका लागी विशेष योजना बनाउने प्रतिबद्धता जनाएकी छन् ।

स्थानीय युवायुवतीलाई व्यवसायीक रुपमा स्थापित गरि स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बत्ताउँदै उनले सहभागीलाई स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गरेकी छन् ।

यसैबिच आज हामीले पञ्चदेवल विनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसंग कुराकानी गरेका छौ ।

कुराकानी :-


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode