Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व प्रेस स्वतन्त्रता दिवस

सुदूरपश्चिमको पत्रकारिता दवाब र अभावमा चलिरहेको छ : अध्यक्ष रावल (कुराकानी सहित)


नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्य समिति अध्यक्ष योगेश रावलले सुदूरपश्चिम प्रदेशको पत्रकारिता दवाब र अभावमा चलिरहेको बताएका छन् ।

समग्र देश र अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमको पत्रकारिता दवाब र अभावमा चलिरहेको उनले बताएका हुन् । अपेक्षा गरे अनुसार प्रेस स्वतन्त्रता स्थापित हुन नसकेको उनको भनाई छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रेडियो बान्नीगढीसंग कुराकानी गर्दै अध्यक्ष रावलले विगतको तुलनामा अहिले केहि खुकुलो भए पनि विश्वले कल्पना गरे अनुसार अझै प्रेस स्वतन्त्रता उपभोग गर्नबाट पत्रकारहरू वञ्चित रहँदै आएको बताएका छन् ।

आर्थिक संकटका कारण पत्रकारहरू समेत आफ्नो जिम्मेवारी र मर्यादाबाट विमुख हुने गरेको उनको बुझाई छ ।

मिडिया हाउसको आर्थिक अवस्था कमजोर हुनु,समयमै पारिश्रमिक नपाउनु लगायतका कारण पत्रकारहरू स्वतन्त्र नभएर व्यक्ती तथा संस्थाको निकट भएर पत्रकारिता गर्न बाध्य भइरहेको उनले उल्लेख गरेका छन् ।

राज्यले पत्रकारहरूलाई पूर्ण रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभूत गराउन नसकेको उनको भनाई छ ।

यसै बिच आज हामीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल सँग कुराकानी गरेका छौँ ।

कुराकानी : योगेश रावल


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode