Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा बढ्दै श्वासप्रश्वास समस्या


सुदूरपश्चिममा पछिल्लो समय असुरक्षित तरिकाले काम गर्ने कामदार श्वासप्रश्वासम्बन्धी समस्या झेल्ने बढ्दै गएका छन् ।

कामको सुरक्षा र वातावरण प्रभाव नबुझ्दा प्रदेशबासीले श्वासप्रश्वास सम्बन्धी समस्या झेल्नुपर्ने अवस्था बढीरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

छाती भनेको सबैभन्दा मानिसको महत्वपूर्ण अंग हो । मानिसले श्वासप्रश्वासलाई ध्यान नदिँदा विविध कारणले स्वाश्प्रश्वासमस्याले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । नसर्ने रोगमा पर्ने प्रमुख रोगमा पर्छ स्वाश्प्रश्वाससम्बन्धी समस्या ।

स्वाश्प्रश्वास (दम)को समयमै उचित उपचार नभएमा मानिसले ज्यान गुमाउनुपर्ने अवस्था समेत आउँछ । मानिसमा दम रोग हुने प्रमुख कारण धुम्रपान, गुट्खा भएपनि कलकाराखाना, ईट्टा उद्योग लगायतका विभिन्न श्वासप्रश्वास सम्बन्धी असुरक्षित क्षेत्र प्रमुख समस्या बन्दै आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

धुम्रपान तथा सुर्तिजन्य प्रमुख समस्या भएपनि विरामीहरु सामान्य लक्षण देखिदा उपचार गराउन नआउनु प्रमुख कारण रहेको छाती रोग विशेषज्ञ शुभेषराज कायेष्ठ बताउँछन् । उनले भने –प्रदेशमा श्वासप्रश्वाससम्बन्धी अध्ययन त भएको छैन तर, पछिल्लो समय सुदूरपश्चिम लगायत देशभरी श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको छ ।’

उनले मानिस संक्रमण भएको १८ वर्ष पछि उपचारमा आउने र जटिल बन्दा मृत्यु हुन सक्ने सम्भावना रहेको बताए । उनले भने –‘सामान्य समस्या हुँदा चिकित्सकीय सुझाव लिएर अघि बढे स्वासप्रश्वास समस्या समाधान हुने थियो तर, यहाँ १८ वर्षदेखि समस्या भएपछि उपचार पद्धतीमा आउँछन् । जसले गर्दा समयमै नियन्त्रण लग्न सक्ने रोगले बढावा पाउँछ ।’

उनले समयमै उपचार गराउँदा श्वासप्रश्वाससम्बन्धी रोगको नियन्त्रण गर्न सकिने बताए । उनले भने –‘बढी खोकी लाग्ने, घाँटीमा घरघर हुने, बढी खकार आउँने लगायतका सामान्य लक्षण स्वासप्रश्वास सम्बन्धीका लक्षण हुन । यदि समयमै यी सामान्य लक्षण देखाए समयमै उपचारको समाधान हुन्छ ।’

दम सम्बन्धी प्रदेशका अस्पताल तथा स्वास्थ्य चौकीमा जनशक्ति भएपनि मानिसले यसप्रति ध्यान दिन सकेका छैनन । नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको ‘प्रमुख कारण बन्नु चिन्ताको विषय भएको’ अधिकारी र जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

उनले सरकारले नसर्ने रोगसम्बन्धि विशेष नीति लिएपनि पर्याप्त जनशक्ति तथा उपकरण नहुँदा पछिल्लो समय श्वासप्रश्वाससम्बन्धीका विरामी बढ्दै गएको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode