Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक छ : नगरप्रमुख बोहरा


मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले नगरपालिकाका गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

नगरपालिकामा संचालित बिभिन्न गौरवका आयोजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उनले बताएका हुन् ।

बोहराका अनुसार यस अािर्थक वर्षमा नगरपालिका मातहतमा विभिन्न ७ आयोजनालाई नगर गौरवका आयोजनाका रुपमा हेरिएको छ ।

जस अन्तर्गत नगरपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे,मंगलसैन खेलकुद मैदान,वडा न.४,७ र १४ को कार्यालय भवन निमार्ण र वडा न. १३ को स्वास्थ्य चौकी भवन, मंगलसैन वलिगाउँ हुँदै पर्यटकीय क्षेत्र रामारोशन जोड्ने सडक कालोपत्रे आयोजना रहेका छन् ।

गौरवका आयोजना निर्माणको कार्य करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको नगर प्रमुख बोहराको दाबी छ ।

जनताका आवश्यकता अनुसार यीँ आयोजनालाई प्राथमिकतामा राख्दै गौरव आयोजनाका रुपमा राखिएको बताईएको छ । संचालित गौरवका आयोजनाहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्न अनुगमन तथा निगरानी गर्ने कार्यमा जोड दिइएको नगर प्रमुख बोहराले बताएका छन् ।

तर गौरवकै आयोजना मध्यको मंगलसैन नगरपालिका वडा ५ रहेको खेलकुद मैदान निर्माण कार्य भने अझै पनि सुरु हुन सकेको छैन । खेलकुद मैदान निर्माणका लागि ७० लाख बजेट विनियोजन गरेको छ ।

यसै बिच आज हामीले मंगलसैन नगरपालिकाका यस आर्थिक वर्षका गौरवका आयोजना कार्यान्वयनको अवस्थाका बिषयमा नगर प्रमुख पदम बहादुर बोहरासँग कुराकानी गरेका छौँ ।

कुराकानी : पदम बहादुर बोहरा


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode