Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा शैक्षिक सुधार अभियान

बान्नीगढीमा शैक्षिक सुधारका लागी विद्यालय समायोजनदेखी शिक्षक दरबन्दी मिलान


विद्यालय समायोजन एवम् एकीकरण र शिक्षक दरवन्दि मिलानबारे छलफल कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा विद्यालय समायोजन एवम् एकीकरण र शिक्षक दरवन्दि मिलानबारे सरोकारवालासंगको छलफल कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा क्षेत्रको अवस्था,आवश्यकता र शिक्षा क्षेत्रमा देखीएका विकृतिका विद्यालय समायोजन एवम् एकीकरण र शिक्षक दरवन्दि मिलानका लागी गरेको निर्णयका बिषयमा कार्यक्रममा खुला छलफल समेत गरिएको थियो ।

छलफलका क्रममा सहभागीले गाउँपालिकाको शिक्षा क्षेत्रमा बिभिन्न विकृति देखिएकोमा चिन्ता व्यक्त गरेका थिए । शैक्षिक क्षेत्रको सुधारका लागी गरिएका निर्णय कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।

विद्यालय समायोजन एवं एकीकरण गर्दा भौगोलिक रुपमा बिकटताका कारण समस्या आउन सक्ने भन्दै विद्यालयका शिक्षक तथा अभिभावकले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका थिए । गाउँपालिकाका ३ वटा बिद्यालयको कक्षा समायोजन ,४ वटा प्राथमिक विद्यालय बाल विकास केन्द्रका रुपमा कायम गर्ने र पालिकाका ८ वटा बाल विकास केन्द्रहरू बिभिन्न विद्यालयमा समायोजन गर्ने गाउँ कार्यपालिकाले यस अघि नै निर्णय गरिसकेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले शैक्षिक क्षेत्रको सुधारका लागी शिक्षा समितिले निर्णयार्थ कार्यपालिका बैठकमा पेस गरेका प्रस्ताव पारित भए पश्चात् शिक्षक,अभिभावक लगायत सरोकारवालको राय सुझावबारे जानकारी लिन कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

शैक्षिक क्षेत्र सुधारका लागी गरिएको अध्ययन अनुसन्धान तथा सरोकारवालासंगको घनीभूत छलफल र प्रतिवेदनका आधारमा गाउँपालिकाले विद्यालय समायोजन एवम् एकीकरण र शिक्षक दरवन्दि मिलान गरिएको उनको भनाई छ ।

शैक्षिक सुधारका लागी गरिएका केहि निर्णयमा प्राविधिक त्रुटि देखिएमा पुनः विश्लेषण गरेर छलफलका लागी बैठकमा लैजाने अध्यक्ष साउँदले बताएका छन् ।

शैक्षिक सुधारका लागी शिक्षा नियमावलीको अधीनमा रहेर काम गर्नु स्थानीय सरकारको दायित्व समेत रहेको बताउँदै अध्यक्ष साउँदले सकारात्मक कार्यका लागी हुने निर्णयहरु विवादमा पर्ने गरे पनि यसको प्रतिफल भने समग्र सर्वसाधारणका लागी लाभदायक हुने उनको दाबी छ ।

सरकारले जनहितका पक्षमा गरेका निर्णय विरुद्ध स्वार्थ साध्ने,अटेरी गर्ने र सरकारको निर्देशन अवज्ञा गर्ने जस्ता कार्यहरू स्वीकार्य नहुने उनले संकेत गरेका छन् ।

बाईट : टेक बहादुर साउँद

कार्यक्रममा पालिकाका बिभिन्न विद्यालय तथा बाल विकास केन्द्रका प्रधानाध्यापक,प्रतिनिधि वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण शिक्षा शाखा प्रमुख वसन्तराज जोशीले गरेका थिए ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, शिक्षा, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode