Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा हिमपहिरोमा परेका ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता


दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका सातजनाको उद्धार गरिएको छ। हिमपहिरोमा परेका ५ जना भने अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिए।

उनका अनुसार यसअघि ४ जना बेपत्ता भनिएकोमा अहिले सुरक्षानिकायको टोली सोही स्थानमा पुगेर बुझ्दा ५ जना अझै बेपत्ता रहेको खुलेको छ। मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो आएको थियो।

त्यहाँ यार्सागुम्बा संकलन गर्न गएका मानिस बेपत्ता भएका हुन्। मान्छे बेपत्ता भएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो। अहिले सो टोली त्यहाँ पुगेर उद्धारमा जुटेको छ।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस पाल टाँगेका ठाउँमा फर्किने क्रममा हिमपहिरोमा परेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए। पाल टाँगेका ठाउँबाट यार्सा खोज्न बिहान हिमालको नजिक जाने गर्छन्।

केही दिनदेखि छाङरु र तिंकरलगायतका ठाउँमा हिमपात भइरहेको छ। त्यहाँ एकदुई फिट हिउँ जमेको र सदरमुकामबाट वस्तुभाउ लगेर छाङरु, तिंकर हिँडेकाहरू पनि हिमपातले बाटोमै रोकिएको बताइएको छ।#थाहा खबरबाट साभार

 

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode