Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

शैक्षिक क्षेत्र सुधार अभियान

बान्नीगढीमा बिद्यालय समायोजन र दरवन्दि मिलान, विन्ध्यवासिनीलाई ११,१२ कक्षा संचालनको अनुमति


बान्नीगढी जयगढ गाउँपालिकाले शैक्षिक अवस्था सुधारका लागी विद्यालय समायोजन तथा दरवन्दि मिलानको निर्णय गरेको छ ।

शिक्षा समितिको सिफारिस पश्चात गाउँ कार्यपालिकाले गाउँपालिकाका बिभिन्न विद्यालय समायोजन तथा दरवन्दि मिलान गर्ने निर्णय गरेको हो ।

जस अनुसार बान्नीगढी जयगढ गाउँपालिकाका ३ वटा बिद्यालयको कक्षा समायोजन भएको छ भने ४ वटा प्राथमिक विद्यालय बाल विकास केन्द्रका रुपमा कायम हुने भएका छन् ।यस्तै पालिकाका ८ वटा बाल विकास केन्द्रहरू बिभिन्न विद्यालयमा समायोजन हुने भएका छन् ।

कक्षा समायोजन हुने विद्यालयमा वडा नम्बर २ को अरुणोदय आधारभूत विद्यालय वडा नम्बर ४ को आदर्श आधारभूत विद्यालय र वडा नम्बर ५ कालिकाको कालिका आधारभूत विद्यालय रहेका छन् । यी बिद्यालयको कक्षा ३ र ४ अन्य विद्यालयमा समायोजन गरिएका हुन् ।

अरुणोदय आ.वि नवदुर्गा आ.वि.मा ,आदर्श आ.वि.अलकनन्दा मा.वि.मा र कालिका आ.वि. जलेश्वर आ.वि.मा समायोजन भएका छन् । पालिकाका ४ वटा आधारभूत विद्यालयहरू बाल विकास केन्द्रका रुपमा कायम रहने भएका छन् । विद्यार्थी संख्याका आधारमा आधारभूत विद्यालयलाई बाल विकास केन्द्रका रुपमा कायम गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

बाल विकास केन्द्रका रुपमा कायम रहने आधारभूत विद्यालयमा वडा नम्बर १ को त्रिपुरा आ.वि.,वडा नम्बर ४ को बरदादेवी आ.वि. ,वडा नम्बर ५ को दीपेन्द्र प्रा.वि. र वडा नम्बर ६ को कालिका आ.वि. रहेका छन् । यस्तै गाउँपालिकाका ८ वटा बाल विकास केन्द्रहरू विद्यालयमा समायोजन भएका छन् । विद्यार्थी संख्या न्यून भएपछि बाल विकास केन्द्रलाई विद्यालयमा समायोजन गर्ने निर्णय भएको हो ।

वडा नम्बर १ को बड्डेखेत बा.बि.केन्द्र राष्ट्रभाषा मा.वि.मा, वडा नम्बर ३ को कोपिला बा.वि.केन्द्र बागेश्वरी आ.वि.मा धम्कोटमाण्डौ बा.वि.केन्द्र जनज्योति आ.वि.मा वडा नम्बर ४ को नवज्योति बा.वि. केन्द्र अलकनन्दा मा.वि.मा बरदादेवी बा.वि.केन्द्र बरदादेवी आ.वि.मा वडा नम्बर ६ को भडारकाटीया बा.वि.केन्द्र ,शुभ बिहानी बा.वि. केन्द्र ऐश्वर्य मा.वि.मा र उमादेवी बा.वि.केन्द्र विन्ध्यवासिनी मा.वि.मा समायोजन भएका हुन् ।

कक्षा समायोजन भएसँगै शिक्षकहरूको पनि दरवन्दि मिलान गरिएको छ । विद्यार्थी संख्या र आवश्यकताका आधारमा शिक्षकहरूको दरवन्दि मिलान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख वसन्तराज जोशीले जानकारी दिएका छन् ।

यस्तै गाउँपालिकाले विन्ध्यवासिनी माद्यामिक विद्यालयलाई ११,१२ कक्षा संचालनका लागी स्वीकृति समेत दिएको छ । शैक्षिक अवस्था सुधारका लागी भन्दै बान्नीगढी बान्नीगढी जयगढ गाउँपालिकाले केहि दिन पहिले सरोकारवालाहरुसंग सुझाव संकलन तथा अन्तरक्रिया समेत गरेको थियो ।

अध्ययन प्रतिवेदन र सरोकारवालाको सुझावका आधारमा विद्यालय समायोजन र दरवन्दि कायम गर्ने निर्णय पारित गरिएको गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले बताएका छन् । गाउँ शिक्षा समितिमा घनिभूत छलफल पश्चात् गाउँकार्यपालिकाले आवश्यक निर्णय पारित गरेको उनको भनाई छ ।

गाउँपालिकाको यो निर्णयले गाउँपालिकाको शिक्षा क्षेत्रलाई सुधार गर्न टेवा पुग्ने गाउँपालिका अध्यक्ष साउँदले विश्वास लिएका छन् । शिक्षा जस्तो संवेदनशील बिषयमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रको सुधारका लागी गाउँपालिकाले शिक्षक कोटा निर्धारण गर्नुका साथै आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् ।

शिक्षा क्षेत्रलाई राजनीतिक र व्यक्तिगत स्वार्थवाट मुक्त गर्न सकिए मात्रै सामाजिक परिवर्तन सम्भव भएकाले सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

कुराकानी : टेक बहादुर साउँद


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode