Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

खेलाडीलाई हौसला प्रदान गर्न  सबै क्षेत्रबाट सहयोग हुनुपर्छ : सचिव रावल 


नेकपा एमाले अछामका सचिव भीम बहादुर रावलले खेलाडीको हौसला प्रदानका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका छन् ।

वलिगाउमा सम्पन्न १४ औँ जिल्ला स्तरीय तथा शुभकामना कप क्रिकेट प्रतियोगितामा समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रावलले तिनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका हुन् ।

उचित मैदान, खेलकुद सामाग्रीको अभावमा समेत युवाले उत्कृष्ट खेल प्रदर्शन गरिरहेको उनको भनाई छ । रावलले आफ्नो पार्टीको तर्फबाट खेल क्षेत्रमा लगानी बढाउन नियमित पहलकदमी जारि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगला विकास क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ९ का अध्यक्ष पदम बहादुर बोहरा, १० का अध्यक्ष जनक बहादुर कुवर, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य नर बहादुर रावल, नेकपा एकीकृत समाजवादी जिल्ला सदस्य पुरन बहादुर रावल लगायतका अतिथि रहेका थिए ।


क्याटेगोरी : खेलकुद, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode