Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

क्रिकेट प्रतियोगिताको उपाधि साँफेबगर युवा क्लबलाई


वलिगाउमा सम्पन्न १४ औँ जिल्ला स्तरीय तथा शुभकामना कप क्रिकेट प्रतियोगिताको उपाधि साँफेबगर युवा क्लबले हात पारेको छ ।

फाइनल खेलमा टंक स्मृति युवा क्लब जुपुलाई ११ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो ।

उपाधि जितेको साँफेबगरले नगद ८१ हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेता बनेको जुपुले नगर २० हजार सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको हो ।

साँफेबगरले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ८५ रन बनाएको थियो । जवाफमा जुपुले १० ओभरमा ६ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेल खेलेका मुकेश सिंहले म्यान अफ द सिरिज हात पारे भने फाइनल खेलमा उत्कृष्ट खेल खेलेका साफबेगरका प्रदीप कुवरले म्यान अफ द म्याच उपाधि हात पारेका थिए ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode