Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कोटघर गाँज्रा सडक स्तरोन्नति : गाउँपालिका अध्यक्ष साउँदद्धारा निर्माण कार्यको उद्घाटन


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ को कोटघर गाँज्रा सडकको स्तरोन्नति निर्माण कार्य आरम्भ गरिएको छ ।

सोमबारदेखी सडकको स्तरोन्नति कार्यको सुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले सडक निर्माण कार्यको उद्घाटन गरेका छन् ।

सडक निर्माण कार्यको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष साउँदले पारदर्शी र गुणस्तरीय रुपमा काम गर्न निर्देशन दिएका छन् । सडकको स्तरोन्नति कार्यले गाँज्रावासी लगायत नागरिकलाई बार्है महिना आवत जावतका लागी सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।

कोटघरदेखी वडा नम्बर १ गाँज्राको वडा कार्यालयसम्म करिब अढाई किलोमिटर सडकमा नाली,ग्याविन जाली,मेसेनरी वाल र कजवे लगायतका संरचना निर्माण गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० को समपूरक बजेटबाट योजना कार्यान्वयन हुन लागेको हो ।

प्रदेश सरकारको ३७ लाख ५० हजार गाउँपालिकाको ३७ लाख ५० हजार लागतमा सडक निर्माणका लागी टेण्डर आह्वान गरिएकोमा भैरी कन्ट्रक्सनले ३४ लाखमा सडक निर्माणको जिम्मा पाएको थियो ।

असार मसान्त अगावै जिम्मा अनुसारको निर्माण कार्य सम्पन्न गरि सक्ने निर्माण कम्पनीले दाबी गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode