Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


अछाम। ट्याक्टर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको हो।

ट्याक्टर अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना हुँदा मेल्लेख गाउँपालिका–१ का कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। #दिनेश खबर बाट सभार


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode