Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सामाजिक अगुवा जयगढका व्यापारी साउँदको निधन


बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा व्यापार गर्दै आएका व्यापारी तथा सामाजिक अगुवा परे साउँदको निधन भएको छ । बिहीबार साँझ सवा ७ बजे तिर ७२ वर्षीय साउँदको जयगढ गैरिबजारमा निधन भएको हो ।

जयगढ गैरिबजारमा व्यापार व्यवसाय गर्दै आएका साउँद जयगढ बजार व्यवस्थापन समितिको निवर्तमान उपाध्यक्ष समेत हुन् । सामाजिक क्षेत्रमा निडर तथा हक्की स्वभावको पहिचान बनाएका साउँद जयगढ क्षेत्रको सामाजिक अगुवाका रुपमा समेत परिचित छन् ।

नेपाली काँग्रेसका तर्फबाट साबिकको बर्दादेवी गाउँ विकास समितिको वडा नम्बर ७ का वडा अध्यक्ष समेत निर्वाचित बनेका साउँद २०५४ को निर्वाचनमा गाविस उपाध्यक्ष पदको प्रत्याशी समेत बनेका थिए ।

उनी जयगढ गैरिबजारमा किराना र चिया पसल संचालन गर्दै आएका थिए । जयगढ बजारमा हुने अन्याय अत्याचार विरुद्ध खरो रुपमा बोल्ने साउँद यस क्षेत्रको साहसी पुरुषका रुपमा समेत चिनिन्थे ।

पसल अगाडी एक्कासि बेहोस भएका उनको केहि बेरमै निधन भएको स्थानीय चन्द्र सिंह लुहारले बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode