Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुरक्षित गर्भपतन सेवा र अधिकारबारे छलफल कार्यक्रम बान्नीगढीमा सम्पन्न


सुरक्षित गर्भपतन सेवा तथा अधिकारबारे सामुदायिक अङ्क पत्रको समीक्षा तथा भावी योजना तयारी छलफल कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजना तथा आईपास नेपाल र पिसविन बाजुराको सहजीकरणमा गर्भपतन तथा अधिकारको सामुदायिक अङ्क पत्रको समीक्षा तथा भावी योजना तयारी छलफल कार्यक्रम जयगढमा सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको अध्यक्षतामा भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकामा सुरक्षित प्रजनन् स्वास्थ्य सेवा र गर्भपतन सेवाको अवस्थाका बिषयमा छलफल गरिएको थियो भने आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीतिबारे समेत छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले महिलाको स्वास्थ्यप्रति गाउँपालिका सजग रहेको बताउँदै गाउँपालिकाले आवश्यक नीति पारित गरिसकेको बताएकी छन् ।

नागरिकहरूलाई स्वास्थ्य लगायत आवश्यक सेवाहरू प्रदान गर्न गराउन गाउँपालिका सरकार प्रतिबद्ध रहेको बताउँदै सेवाहरूलाई प्रभावकारी बनाउन आम सर्वसाधारण जागरूक बन्नुपर्नेमा समेत उनले जोड दिएकी छन् ।

कार्यक्रममा पालिकाका बिभिन्न वडा अध्यक्ष कार्यपालिका सदस्य स्वास्थ्यकर्मी,सेवाग्राही लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पिसविन बाजुराका कार्यक्रम संयोजक धर्म सिंह ऐर र आईपास नेपालका कार्यक्रम संयोजक उपेन्द्र कुँवरले गरेका थिए भने संचालन भुवन सिंह साउँदले गरेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode