Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ओलीगाउँमा १४ औँ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेल मैदान व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने नगर प्रमुख बोहराको प्रतिबद्धता


मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले खेलमैदान व्यवस्थापनका लागि आफू प्रतिबद्धता अनुसार अघि बढ्ने बताएका छन् ।

आफ्नो पहिलो कार्यकालको प्रतिबद्धता अनुसार अझै खेलाडीको लागि उचित मैदान हुन नसकेको बताउँदै उनले आगामी दिनमा पूरा गर्दै जाने बताएका हुन् ।

मंगलसेन नगरपालिका वडा नम्बर ९ तोल्यानमा आजबाट सुरु १४ औँ जिल्ला स्तरीय एव शुभकामना कप क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै वलिगाउका युवा क्रिकेट प्रति निकै लगनशील भएको बताउँदै खेलमैदानमा लागि उचित जग्गा उपलब्ध भएमा तुरुन्तै निर्माणका लागि पहल कदमि थाल्ने उनले प्रतिबद्धता जनाएका छन् ।

खेल अवधिभर हरेक खेलाडीलाई अनुशासनको दायरमा रहेर खेल प्रदर्शन गर्न उनले सुझाव समेत दिएका छन् ।

मंगला विकास विकास क्लबको आयोजना तथा कृष्ण वीर स्मृति युवा क्लबको सह आयोजनामा भएको प्रतियोगितामा विशिष्ट अतिथि नेकपा एमाले अछामका सचिव भीम बहादुर रावल कालोटोपिले खेल क्षेत्रको विकासमा पार्टीको तर्फबाट नियमित पहल कदमि भईरहेको बताएका छन् ।

मंगला विकास क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाली काँग्रेस मंगलसेन नगर सभापति झपट बहादुर रावल, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पुरन बहादुर रावल, मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा, मंगला नेरा माविका सहायक प्रधानाध्यापक धर्म बहादुर रावलले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका सचिव श्यामसुन्दर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कमल रावलले गरेका थिए ।

प्रतियोगिताका सफल पार्न मंगलसेन नगरपालिका, वडा नम्बर ९, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा मंगलसेन, विद्यालय, जिल्ला स्थित स्टेशनरी, कम्प्युटर पसल, किराना पसल लगायतले सहयोग गरेका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode