Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेकपा एसको गाँउपालिका स्तरिय कार्यकर्ता भेला जयगढमा सम्पन्न


नेकपा एकिकृत समाजवादी पार्टीको कार्यकर्ता भेला जयगढमा सम्पन्न भएको छ ।
गाँउपालिका संगठन कमिटीका अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथी नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य शेर बहादुर कुँवर रहेका थिए ।
निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि कुँवरले कार्यक्रमा बोल्दै अछाम जिल्लाको विकास निर्माणका लागी अग्रसर भएर लाग्ने बताएका छन् । यस्तै उनले पार्टी संगठन विस्तार गर्न सक्रियताका साथ लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रमका अन्य अतिथीहरुमा प्रदेश कमिटी सदस्य हिक्मत बहादु कुँवर , जिल्ला कमिटी सचिवालय सदस्य टेक बहादु रावल , नृप साँउद मोहनलाल ताम्राकार , जिल्ला कमिटी सदस्य दान बहादुर रावल रमेश तिमील्सैना , मिनबहादु भुल पुष्पराज शर्मा , अनेरास्वियुका केन्द्रिय सचिवालय सदस्य विनोद बहादुर धामी लगाएत रहेका थिय ।

अनेरास्वियुका अछाम जिल्ला संयोजक शुन्दर ठकुल्लाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन तिलक ठकुल्लाले गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode