Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम जिल्ला औलौको जोखिममा छ : जनस्वास्थ्य अधिकृत ढुंगाना


स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले अछाम जिल्लामा पनि औलोको जोखिम उच्च भएकाले सर्तकता अपनाउन आग्रह गरेका छन् ।

अछाम जिल्लाका विभीन्न ठाँउमा औलो संक्रमितहरु फेला परिरहेकाले सर्तकता अपनाउन उनले आग्रह गरेका हुन् ।

पछिल्लो समय जिल्लामा लाम लामखुट्टेको बिगबिगी बढेकाले पनि औलोको जोखिम बढी भएको उनले उल्लेख गरेका छन् । ढुंगानाका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो ।

यो ‘एनोफिलस’ जातको पोथी लामखुटटेको टोकाइबाट लाग्ने रोग हो । औलाकोे सङ्क्रमण भएको सात देखि ३० दिनसम्म लक्षण देखिन सक्ने उनले बताएका छन् । उनका अनुसार कडा ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने , वान्ता हुने लक्षण देखिएमा औलो भएको हुनसक्छ ।

लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनकोे सुझाव छ । यसैबिच आज हामीले विश्व औलो दिवशको अवसर पारी स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानासंग अछाममा औलो रोगको जोखिमको विषयमा कुराकानि गरेका छौँ ।

सुनौँ यो कुराकानि ……….


क्याटेगोरी : सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode