Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

खस्किँदो शैक्षिक गुणस्तर

विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानबारे बान्नीगढीमा छलफल (भिडिओ सहित)

खस्किँदो शैक्षिक अवस्थाप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त


सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण र शिक्षक दरवन्दि मिलान सम्बन्धी छलफल कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा विद्यालय समायोजन तथा एकीकरण र शिक्षक दरबन्दी मिलानबारे सरोकारवालासँग छलफल गरिएको हो ।

गाउँपालिकाका सामाजिक विकास समिति संयोजक नेत्र बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले शिक्षा क्षेत्रमा देखीएका बेथितिलाई न्यूनीकरण गरि गुणस्तरीय शिक्षा कायम गर्न गराउन आवश्यक कदम अघि बढाएको बताएका छन् ।

सार्वजनिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी आवश्यक सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको बताउँदै उनले पालिकावासीको सुझाव र रायका आधारमा आवश्यक गतिविधि संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पालिकाको बागडोरको जिम्मेवारी दिएसँगै आफूहरू कुनै पनि सीमित दलको नभई जनताको सेवकको भूमिकाका रहेको बताउँदै उनले नीति नियमको परिधिमा रही जनताको हक हितका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले शिक्षा क्षेत्रको सुधारका लागी सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।

भौतिक तथा पूर्वाधार विकासलाई मात्र विकास देख्ने परिपाटीका कारण सामाजिक विकासका मुद्धाहरु ओझेलमा पर्दै आएको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारका लागी गाउँपालिका सरकार जस्तोसुकै जिम्मेवारी पुरा गर्न तयार रहेको बताउँदै उनले सरोकारवाला सबैले नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गरेकी छन् ।

कार्यक्रममा गाउँपालिकाका ६ वटै सार्वजनिक बिद्यालयको शैक्षिक अवस्था,आवश्यक शिक्षक दरवन्दि लगायतको अवस्थाका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा समायोजन तथा एकीकरण गर्नु पर्ने विद्यालय र शिक्षक दरवन्दि मिलानका बिषयमा छलफल गरिएको थियो ।

शिक्षा समितिले सिफारिस गरेका आधारमा विद्यालय समायोजन एकिरण तथा शिक्षक दरवन्दि मिलानको निर्णय बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिका बैठकले गर्नेछ । यस शैक्षिक सत्रका लागी पठन पाठन सुरु हुनु अगावै विद्यालय समायोजन र शिक्षक दरवन्दि मिलानको निर्णय भईसक्ने बताइएको छ ।

कार्यक्रमका सहभागीहरूले बान्नीगढी जयगढ गाउँपालिकाका सार्वजनिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा पूर्व जिविस सदस्य तिलक बहादुर खत्री,बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सम्पूर्ण वडा अध्यक्ष,विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख वसन्तराज जोशीले गरेका थिए ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode