मेयर बोहरा एक्सनमा
किन मिल्काए मेयर बोहराले सडकमा फलफूल र तरकारी ? (कुराकानी सहित)

मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा निर्णय विपरीत व्यवसाय संचालन गर्ने व्यापारी विरुद्ध मैदानमा उत्रिएका छन् ।
नगरपालिका तथा सरोकारवालाको निर्णयलाई अटेरी गर्ने व्यापारी विरुद्ध उनी मैदानमा उत्रिएका हुन् ।
बजारलई सुग्घर र व्यवस्थित बनाउन बजार क्षेत्रमा तरकारी ,फलफूल तथा मासुजन्य व्यापार व्यवसाय हाट बजारमा मात्रै संचालन गर्ने गराउनेबारे पटक पटक निर्णय र आग्रह पश्चात् पनि अटेरी गर्ने विरुद्ध मैदानमा उत्रिएका मेयर बोहराले शुक्रवार व्यापारीले बिक्रीका लागी मंगलसैन बजार क्षेत्रको पसल अगाडी राखेका फलफूल तथा तरकारी सडकमा मिल्काएका छन् ।
उनको यो कदमको कहीँ प्रशंसा तथा कहीँ विरोध भईरहेको छ । किये बजारलाई व्यवस्थित र सफा सुग्घर बनाउन नगरले गरेको निर्णय अटेरी गर्ने व्यापारी विरुद्ध यो कदम चाल्नु उचित भएको प्रतिक्रिया दिँदै आएका छन् भने केहीले यो कदमले गरिखाने वर्ग अन्यायमा परेको बताएका छन् ।
नगर प्रमुख पदम बहादुर बोहराले भने पटक पटकको आग्रह अटेर गरेपछि मंगलसैन बजारमा बिक्रीका लागी राखिएका फलफूल तथा तरकारी सडकमा फाल्न बाध्य भएको बताएका छन् । नगरपालिकाले हाट बजार बाेक अ्त लफल जन्य,तरकारी जन्य र मासुजन्य वस्तुहरू बिक्री नगर्न पटक पटक सूचना जारी गर्दै अल्टिमेटम दिए पनि सूचनाको अटेर गरेपछि आफूले बाध्य भएर तरकारी तथा फलफूल सडकमा फालेको उनको भनाई छ ।
मंगलसैन नगरपालिकाले यसअघि पनि नगरपालिकाको निर्णयको अटेर गरि बजारमा बिक्रीमा राखिएका फलफूल नियन्त्रणमा लिई धेरै पटक जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा जिल्ला कारागारका कैदी वन्दिहरुलाई बितरण गेको मेर बोहराले उल्लेख गरेका छन् । आफू विगत देखी नै जिल्लाको सदरमुकाम समेत रहेको मंगलसैन बजारलाई व्यवस्थित बनाएर लैजानु पर्छ भन्ने मान्यताका साथ अघि बढिरहेको मेयर बोहराले बताएका छन् ।
कुराकानी : पदम बोहरा

क्याटेगोरी : Podcast, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया