Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल नगरपालिकामा कक्षा ८ को नतिजा निराशाजनक : के भन्छन् मेयर चलाउने ? (कुराकानी सहित)


पञ्चदेवल विनायक नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का परिक्षार्थीहरुको नतिजा एकदमै  निराशाजनक आएको छ ।

नगरपालिकाले उत्तरपुस्तिका जाँच्ने छुट्टै टोली बनाएर जाँच गरेपछि नतिजा  निराशाजनक आएको हो ।

नगरपालिकाका २० वटा आधारभूत विद्यालयका ७५३ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए जसमध्ये २१७ जना मात्रै उत्तीर्ण भएका छन् । ५३६ जना परीक्षार्थी भने अनुत्तीर्ण भएका छन् ।

यसरी अनपेक्षित ढंगले विद्यार्थीहरू अनुत्तीर्ण भएपछि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरीयतालाई लिएर चौतर्फी आलोचना भईरहेको छ ।

यसैबिच पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेले भने कक्षा ८ का विद्यार्थीको नतिजा अनुत्तीर्ण आउनुमा कोरोना भाइरस कोभिड १९ ले विद्यार्थीको पठनपाठनमा परेको प्रभाव प्रमुख कारण भएको बताएकी छन् ।

कोभिडका कारण बिद्यार्थीहरुले नियमित पढ्न नपाएकाले यस्तो नतिजा आएको उनले उल्लेख गरेकी छन् । कतिपय विद्यालयका शिक्षकहरूले अध्यापनमा लापरबाही गरेका कारण पनि नतिजा खस्किएको मेयर चलाउनेले बताएकी छन् ।

दीर्घकालीन रुपमा शिक्षाको गुणस्तर बलियो बनाउनका लागी नगरपालिकाले छुट्टै टोली बनाएर आफ्नै तरिकाले परीक्षा लिई नतिजा निकालेको उनले उल्लेख गरेकी छन् । अब कक्षा ५ का विद्यार्थीहरूको पनि नगरपालिकाले छुट्टै तरिकाले परीक्षा लिने र नतिजा निकाल्ने उनको भनाई छ ।

कुराकानी : अम्बिका चलाउने


क्याटेगोरी : पश्चिम खोज, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode