Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा नियम विपरीत अटो रिक्सा संचालनमा : ट्राफिकको मिलेमतो रहेको दाबी (कुराकानी सहित)


अछाममा नियम विपरीत रुपमा अटो रिक्सा संचालनमा रहेको पाइएको छ । जिल्लाका व्यापारी केन्द्र तथा ग्रामीण क्षेत्रमा नियम विपरीत अटो संचालन रहेको पाइएको हो ।

पहाडी क्षेत्रमा अटो सञ्चालनका लागी अनुमति नभएता पनि अछाममा दर्जनौँ अटोहरू संचालनमा रहेका छन् । संचालनमा रहेका अटोहरूले क्षमता भन्दा बढी यात्रु बोक्दा र तीव्र गतिमा अटो चलाउने गरेका कारण दुर्घटनाको उच्च जोखिम रहेका छ ।

पछिल्लो समय जिल्लामा सञ्चालित अटोहरू दुर्घटनामा पनि पर्दै आएका छन् । अटो सञ्चालकहरूले ड्राइभर सहित ४ जनाको अनुमति पाएको भए पनि उनीहरूले ६ देखि ८ जनासम्म यात्रु बोक्दै आएका छन् ।

अछाममा सञ्चालित अटो रिक्साले निर्धारित भाडा दर भन्दा बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने, बजार क्षेत्रमा आवश्यक भन्दा तीव्र गतिमा अटो चलाउने गरेको यात्रुहरूले गुनासो गर्ने गरेका छन् ।

जिल्लामा अटो रिक्सा सञ्चालनका लागी कानुनी रुपमा अनुमति नभएता पनि ट्राफिक प्रहरीसंगको मिलेमतोमा अटो व्यवसायीहरूले मनपरी रुपमा यात्रु ओसार पसार तथा भाडा असुल्ने गरेको स्रोतको दाबी छ ।

अछाममा सञ्चालनमा आएका अटो रिक्साहरूलाई व्यवस्थित गर्न भन्दै चालकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले बताएका छन् ।

जिल्लामा सवारी दुर्घटनाका कारण मानिसले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सवारी चेकजाँचमा थप कडाइ गरिने पनि उनको भनाई छ ।

कुराकानी : कैलाश बिष्ट


क्याटेगोरी : अपराध, पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode