Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमालेको शुभकामना आदान प्रदान कार्यक्रम जयगढमा सम्पन्न


नेपाल कम्युनिष्ट पार्टी एमालेको शुभकामना आदान प्रदान कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

नेकपा एमाले बान्नीगढी जयगढ गाउँ संगठन कमिटीको आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम जयगढमा सम्पन्न भएको हो ।

गाउँपालिका संगठन कमिटीका अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य लोक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमका क्रममा प्रमुख अतिथि साउँदले पार्टी कार्यकर्ता तथा देशवासीमा सुख शान्ति समृद्धिको कामना गरेका छन् ।

कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य बिन्दु रावल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode