Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

लागु पदार्थ दुर्व्यसन न्यूनीकरणका लागी सचेतनामूलक कार्यक्रम जनालीकोटमा सम्पन्न


लागु पदार्थ दुर्व्यसन न्यूनीकरणका लागी १ दिने सचेतनामूलक कार्यक्रम जनालीकोटमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटको आयोजनामा लागु पदार्थ दुर्व्यसन न्यूनीकरणकाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष नेत्र बहादुर साउँदको अध्यक्षतामा भएको सचेतनामूलक कार्यक्रममा लागु पदार्थ दुर्व्यसनको वर्तमान अवस्था र यसबारे हुने हानी नोक्सानी तथा कानुनी प्रावधानबारे अभिमुखीकरण गराइएको थियो ।

किशोरावस्थामा किशोर किशोरीहरू लागु औषध,दुर्व्यसन तथा कुलतमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको वडा सचिव दीपेन्द्र साउँदले जानकारी दिएका छन् ।

लागु पदार्थ दुर्व्यसनबारे कानुनी व्यवस्था र हुन सक्ने कानुनी सजायबारे इलाका प्रहरी कार्यालय बयालपाटाका इन्चार्ज प्रहरी सहायक निरीक्षक देवेन्द्र कुँवरले र लागूपदार्थ सेवनले मानव स्वास्थ्यमा पर्ने असर र लागु औषध प्रयोगको वर्तमान अवस्थाबारे स्वास्थ्य चौकी जनालीकोटका प्रमुख शिव ठकुल्ला र वडा सचिव दीपेन्द्र साउँदले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य ललिता स्वार ,एमआइस अप्रेटर बल साउँद वडाका किशोर किशोरी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अपराध, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode