Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङका एक युवकको तनहुँमा करेन्ट लागेर मृत्यु


बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ । तलकोट गाउँपालिका–२ का २७ वर्षीय जीवन रोकायाको करेन्ट लागेर मृत्यु भएको हो ।

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२ मा आइतबार दिउँसो करेन्ट लागेर रोकाया सँगै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ५० वर्षीय तीर्थ घिमिरे घाइते भएका थिए ।

विद्यालय छुट्टि भएपछि घर जाने क्रममा ग १३ प ७०९ नम्बरको मोटरसाइलमा सवार दुवै जना सडक छेउमा लत्रिएको थ्रीफेजको लाइनको तार छुन गई करेन्ट लाग्दा घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएका दुवै शिक्षकलाई उपचारका लागि पोखरा पठाइएको थियो । रोकायाको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो । घिमिरेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode