Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नयाँ वर्षमा रामारोशनमा पर्यटकको ओइरो : ३ दिनमा ५५ हजार राजश्व सङ्कलन (कुराकानी सहित)


अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा तिन दिनमा एक हजार भन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । वैशाख १ गतेदेखि ३ गते सम्म एक हजारभन्दा बढी पर्यटकले रामारोशनको भ्रमण गरेका हुन् ।

नयाँ वर्षको अवसर पारेर विभिन्न ठाउँबाट रामारोशन भ्रमणमा आउनेहरूको संख्या बढेको रामारोशन क्षेत्र पर्यटन विकास समितिकी कार्यकारी निर्देशक गंगा कुँवर बुढाले जानकारी दिएकी छन् ।

अछाम , बाजुरा , डोटी , दैलेख , कैलाली , कञ्चनपुर , कालिकोट सुर्खेत लगायत जिल्लाहरूबाट पर्यटकहरू रामारोशन भ्रमणमा आएको उनको भनाई छ

रामारोशनको भ्रमण गर्नेमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । विगतका वर्षहरूभन्दा यस नयाँ वर्षमा घुम्न आउने र नयाँ वर्ष मनाउन रामारोशन आउनेको सङ्ख्या बढेको छ ।

प्राकृतिक रुपमा सुन्दर रहेको रामारोशन क्षेत्रमा ठूल्ठूला घाँसे मैदान, बाह्र  वटा वण्ड ( ताल )१८ वटा खण्ड ( घाँसे मैदान)सहित पहाडका थुम्काहरू रहेका छन् ।

रामारोशन क्षेत्रमा रहेका तालहरुमध्य केहि तालहरू जमिनमा परिणत भइसकेका छन् भने संरक्षणको अभावमा बाटुल्ला ताल लगायतका केहि तालहरू पनि मैदानमा परिणत हुने देखीएको छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई पर्यटकहरूले भु स्वर्गको उपमा दिने गरेका छन् ।

यसैबिच आज हामीले रामारोशन पर्यटकीय क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकहरूको बारेमा रामारोशन क्षेत्र पर्यटन विकास समितिकी कार्यकारी निर्देशक गंगा कुँवर बूढासँग कुराकानी गरेका छौँ ।

कुराकानी : गंगा कुँवर


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode