Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकामा सुदूरपश्चिममै कम बेरुजु : के भन्छन् लेखा अधिकृत खनाल ? (कुराकानी सहित)


अछामको बान्निगढी जयगढ गाउँपालिकामा सुदूरपश्चिममै सबैभन्दा कम बेरुजु देखिएको छ ।

बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा बान्निगढी गाउँपालिकामा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको हो ।

गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ०.९४ प्रतिशत अर्थात् ८८ लाख चार हजार मात्र बेरुजु देखिएको छ ।

जो सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूमा देखिएको बेरुजुमा सबैभन्दा कम बेरुजु हो ।

प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ ।

बान्निगढी गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ मा अछाम जिल्लाका दश वटा स्थानीय तहहरुमा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको थियो ।

यसैबिच आज हामीले सुदूरपश्चिम प्रदेशमै कम बेरुजु आएको बान्निगढी गाउँपालिकाका लेखा अधिकृत नारद खनालसँग बेरुजु कम आउनुका कारण लगायतका बिषयमा संक्षिप्त कुराकानी गरेका छौँ ।

कुराकानी : नारद खनाल


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode