Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा न्यायिक समितिमा उजुरी बढ्दै : यस्तो छ उपाध्यक्ष रावलको आग्रह (कुराकानी सहित)


बान्नीगढी जयगढ गाउँपालिकामा रहेको न्यायिक समितिमा सर्वसाधारणको आकर्षण बढ्दै गएको संयोजक बिन्दु रावलले बताएकी छन् ।

पछिल्लो समय न्यायिक समितिमा बिभिन्न गुनासो तथा उजुरी लिएर आउने सेवाग्राहीको संख्या बढ्दै गएको उपाध्यक्ष रावलले बताएकी हुन् ।

उनका अनुसार पालिकाका बिभिन्न वडाहरूमा कानुनी साक्षरता तथा सचेतना कार्यक्रम संचालन पश्चात् न्यायिक समितिमा उजुरी आउने क्रम बढेको हो । कानुनी सचेतना तथा साक्षरता सम्बन्धी अभिमुखीकरण पश्चात् मात्र न्यायिक समितिमा ५ वटा उजुरी दर्ता भएका छन् ।

न्यायिक समितिमा घरायसी हिंसा तथा महिला हिंसाबारेका अधिकांश उजुरीहरू आउने गरेको उनको भनाई छ । यस आर्थिक वर्षको हाल सम्मको अवधिमा ६ वटा उजुरी न्यायिक समितिमा दर्ता भएकोमा २ वटा उजुरी मेलमिलापका माध्यमबाट फैसला भइसकेको भने अन्य उजुरी प्रक्रियागत चरणमा रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलले न्यायिक समितिप्रति नागरिकहरूको आकर्षण बढाउन र समाजमा मेलमिलाप कायम गर्न गराउन न्यायिक समितिले बिभिन्न क्रियाकलाप संचालन गर्दै आएको उल्लेख गरेकी छन् ।

न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने सबै किसिमका उजुरी तथा गुनासोहरूलाई निष्पक्ष ढङ्गबाट मेलमिलापका माध्यमले सुनुवाइ तथा समाधान गर्न तयार रहेको बताउँदै उनले कुनै समस्या तथा अन्यायमा परेमा न्यायिक समितिमा सम्पर्क गर्न आग्रह गरेकी छन् ।

यसै बिच आज हामीले बान्नीगढी जयगढ गाउँपालिका न्यायिक समितिको कार्य सम्पादनको अवस्थाका बिषयमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलसँग कुराकानी गरेका छौँ ।

कुराकानी :-


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!