Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकामा चेक रहित भुत्तानी (EFT) सेवा सुरु (कुराकानी सहित)


बान्नीगढी जयगढ गाउँपालिका विद्युतीय भुक्तानी सेवा (EFT) लागु गरिएको छ ।

बुधवारदेखि गाउँपालिकामा यो प्रणाली लागु गरिएको हो । यो प्रणाली लागु भएसँगै गाउँपालिकाबाट हुने भुक्तानीका कार्यहरू चेक रहित हुनेछन् ।

गाउँपालिकाबाट हुने भुक्तानीका सम्पुर्ण कामहरू अव सोझै खाताका माध्यमबाट हुनेछन् भने सेवाग्राहीले चेकका लागी गाउँपालिकामा लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ ।

यस अघि चेक मार्फत भुक्तानी हुँदै आएकोमा अव भुक्तानी गर्नुपर्ने रकम सिधै खातामा जम्मा हुने भएपछि सेवाग्राहीलाई सहज हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले विश्वास लिएका छन् ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको रायका आधारमा सेवाग्राहीको सहजतालाई मध्यनजर गरि यो प्रणाली सुरु गरिएको उनको भनाई छ ।

यस अघि विकास निर्माणका योजना लगायतका कामको भुक्तानीका लागी गाउँपालिकाबाट चेक बुझ्नुपर्ने,चेक लिएर बैङ्कमा जम्मा गर्नुपर्ने लगायतका झन्झट हुँदै आएकोमा अव सेवाग्राहीले झन्झट बोक्नु नपर्ने भएको छ ।

अव सेवाग्राहीले भुक्तानीका लागी आवश्यक कागजात सहित बैङ्कको खाता नम्बर,खाताको बिवरण संलग्न गर्नुपर्ने छ । सोही विवरणका आधारमा गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सोझै खातामा जम्मा गर्ने छ ।

यसै बिच आज हामीले विद्युतीय भुक्तानी प्रणाली (EFT) बारे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीसँग कुराकानी गरेका छौँ ।

कुराकानी : झनक रेग्मी


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode