Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकामा चेक रहित भुत्तानी (EFT) सेवा सुरु (कुराकानी सहित)


बान्नीगढी गाउँपालिकामा चेक रहित भुत्तानी (EFT) सेवा सुरु (कुराकानी सहित)

बान्नीगढी जयगढ गाउँपालिका विद्युतीय भुक्तानी सेवा (EFT) लागु गरिएको छ ।

बुधवारदेखि गाउँपालिकामा यो प्रणाली लागु गरिएको हो । यो प्रणाली लागु भएसँगै गाउँपालिकाबाट हुने भुक्तानीका कार्यहरू चेक रहित हुनेछन् ।

गाउँपालिकाबाट हुने भुकतानीका सम्पुर्ण कामहरू अव सोझै खाताका माध्यमबाट हुनेछन् भने सेवाग्राहीले चेकका लागी गाउँपालिकामा लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ ।

यस अघि चेक मार्फत भुक्तानी हुँदै आएकोमा अव भुक्तानी गर्नुपर्ने रकम सिधै खातामा जम्मा हुने भएपछि सेवाग्राहीलाई सहज हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले विश्वास लिएका छन् ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको रायका आधार ेवाग्राहीको सहजतालाई मध्यनजर गरि यो प्रणाली सुरु गरिएको उनको भनाई छ ।

यस अघि विकास निर्माणका योजना लगायतका कामको भुक्तानीका लागी गाउँपालिकाबाट चेक बुझ्नुपर्ने,चेक लिएर बैङ्कमा जम्मा गर्नुपर्ने लगायतका झन्झट हुँदै आएकोमा अव सेवाग्राहीले झन्झट बोक्नु नपर्ने भएको छ ।

अव सेवाग्राहीले भुक्तानीका लागी आवश्यक कागजात सहित बैङ्कको खाता नम्बर,खाताको बिवरण संलग्न गर्नुपर्ने छ । ोही विरक आधारमा गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सोझै खातामा जम्मा गर्ने छ ।

यसै बिच आज हामीले विद्युतीय भुक्तानी प्रणाली (EFT) बारे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीसँग कुराकानी गरेका छौँ ।

कुराकानी : झनक रेग्मी


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode