Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पत्रकार साउँदद्धारा जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना


रेडियो बान्निगढी एफ एमका कार्यकारी निर्देशक धनराज साउँदले आफ्नो जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
आज आफ्नो २८ औँ जन्मोत्सवको अवसर पारी साउँदले बान्निगढी गाँउपालिका वडा नं ५ मा रहेको सान्निकोट आधारभुत विद्यालयमा रु २१ हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्यानरत गरिव , टुहुरा असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सहजताका लागी कोषले सहयोग गर्ने उनको अपेक्षा रहेको छ । जन्मदिनको अवसरमा हुने गरेका विभीन्न फजुल खर्च नियन्त्रण गर्दै सामाजिक तथा धार्मीक कार्यमा लगानि गर्नुपर्नेमा उनको जोड रहेका छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत रहेका साउँद पश्चिम रैबारका प्रकाशक समेत हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode