Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सप्तरीमा मोटरसाइकललाई कारले ठक्कर दिँदा छोरीको ज्यान गयो, बुबा घाइते


सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा छोरीको ज्यान गएको छ भने बुबा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा रहेकी उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको ज्यान गएको छ। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते हुनुभएको छ ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । घाइते ध्रुवको उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode