Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखाँदमा निःशुल्क आँखा शिविर सम्पन्न : ७ सय १४ जना लाभान्वित


तुर्माखाद गाउँपालिकामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

तुर्माखाँद गाउँपालिका अछाम र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शुक्रवारदेखि संचालन भएको आँखा शिविरमा ७ सय १४ जनाले निःशुल्क आँखा परीक्षण सेवा पाएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एकेन्द्र बहादुर बयकका अनुसार शिविरमा ७ सय १४ जनाको आँखा परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको छ ।

शिविरबाट १०० जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया समेत गरिएको छ भने १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । यस्तै आँखामा सामान्य समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको बताइएको छ ।

शिविर सम्पन्न भएसँगै गाउँपालिका अध्यक्ष डम्बर बि.सी.ले पालिकाका आम नागरिकको स्वास्थ्य सहजताका लागी प्रत्येक बर्ष कम्तीमा १ पटक शिविर आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode