Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

युवक कुँवर मृत्यु घटना

मृतकप्रति श्रद्धाञ्जली : कुटपिट र गालीगलौजप्रति बान्नीगढी गाउँपालिकाको ध्यानाकर्षण


साँफेबगर नगरपालिकाका युवक हेमराज कुँवरको बस दुर्घटनाका कारण ज्यान गुमाएको विषयलाई लिएर जयगढमा भएको गालीगलौज र कुटपिटको घटनाप्रति बान्नीगढी जयगढ गाउँपालिकाको ध्यानाकर्षण भएको छ ।

एक विज्ञप्ति जारि गर्दै प्रदर्शनका क्रममा बान्नीगढी जयगढ गाउँपालिकामा भएको घटनाप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको हो ।

यही चैत्र १९ गते साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोट नजिकै बस दुर्घटनामा परि घाइते भएका २६ वर्षीय हेमराज कुँवरको मृत्युलाई लिएर गरिएको प्रदर्शनका क्रममा बान्नीगढी जयगढ गाउँपालिकाका विद्यार्थी तथा व्यापारीमाथि हातपात र तोडफोड गरिएको प्रति गाउँपालिकाले खेद प्रकट गरेको छ ।

यस्तै घटनाका दोषीहरूलाई कानुन अनुसार कारबाहीका लागी सम्बन्धित पक्षसँग माग समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदद्वारा हस्ताक्षरित विज्ञप्तिमा बस दुर्घटनामा घाइते भएका कुँवरको उपचारको क्रममा निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली,परिवारजनमा समवेदना प्रकट गरिएको छ भने पीडितलाई उचित राहत र क्षतिपूर्तिका लागी सम्बन्धित पक्षसँग माग गरिएको छ ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode